पर्यटन बोर्डले शुरु गर्यो भविष्यमा पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रम

Advertisement

काठमाडौं । नेपाल पर्यटन व्यवसायीहरूको आगामी पुस्तालाई बर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले पहलको शुभारम्भ गरेको छ । 

नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजित ‘इम्पोअरिङ फ्यूचर टुरिजम लिर्डसः शेरिङ नलेज एण्ड ग्रोअथ’ को उट्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थीहरू सहभागी रहेको थियो । 

Advertisement

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिईओ दीपकराज जोशीले भने, ‘यो हाम्रो पर्यटनको भविष्य प्रवर्द्धन गर्ने पहल हो । हामी यस क्रममा भाइबहिनी र उद्योगीहरूको साथको अपेक्षा गर्दछौं । अहिलेको पर्यटनको प्रवृति यात्राको अनुभव लिनु पनि हो ।’ 

यस पहलले उद्योग विशेषज्ञता र उदीयमान प्रतिभाहरू बीचको खाडललाई कम गर्दै आवश्यक वातावरण सिर्जना गर्नेछ बताउर्दै सिईओ जोशीले भने, ‘यसले सिकाइ, सहकार्य र नवप्रवर्तनलाई बढावा दिनेछ । यस सत्रले अनुभवी पेशा व्यवसायीहरु, शिक्षकहरू र विद्यार्थीहरूलाई पर्यटनमा नवीनतम प्रवृत्तिहरू छलफल गर्न र भविष्यका अवसरहरू अन्वेषण गर्न अभिप्रेरित गर्नेछ । सहभागीहरूले अनुभव साटासाट र एकअर्कालाई प्रेरणा दिने मौका पाउनेछन् ।’  

‘यो पहल ज्ञान हस्तान्तरणको लागि मात्र होइन, यो हाम्रो पर्यटन उद्योगको भविष्यलाई आकार दिने युवा लिडरहरू बनाउने अभियान हो,’ जोशीले भने । 

बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले यो कार्यक्रमले विद्यार्थी भाइबहिनीहरूलाई जागिर उन्मुख हुने भन्दा पनि उद्यमी बन्न जोड लगाउनुपर्ने बताए ।

बोर्डका वरिष्ठ प्रवन्धक विमल कँडेलले नेपालका अनुपम पर्यटकीय सम्पदाहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए । यसैगरी कार्यक्रममा कलेजका प्राचार्य मनिता ओलीले युवा जनशक्तिले हरेक समय केही न केही सिकिरहनुपर्ने र यस कार्यक्रमले पनि सबैलाई सिक्ने मौका दिएको बताइन् ।

सहभागी हुन चाहने अन्य कलेज, शैक्षिक संस्थाहरूले यस कार्यक्रममा संलग्न हुनको लागि पर्यटन सम्पदा तथा संसाधन विकास (टिपि एण्ड आरडि) महाशाखाको पर्यटन क्षमता बिकास (एचआरडी) एकाइमा सम्पर्क गर्नपर्ने बोर्डले जनाएको छ । 

undefined

 

 

Advertisement

Advertisement