सेन्ट्रल फाइनान्स चन्द्रपुर शाखाद्वारा वित्तीय साक्षरता जागरणका लागि प्रभातफेरी आयोजना

Advertisement

काठमाडौं । ग्लोबल मनि वीक २०२४ अन्तर्गत सेन्ट्रल फाईनान्स लिमिटेडका विभिन्न शाखा कार्यालयहरुबाट सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने क्रममा चन्द्रपुर शाखाद्वारा प्रभात फेरी कार्यक्रम गरिएको छ । 

चन्द्रपुर शाखाले रौतहटको चन्द्रपुरस्थित अन्य बैंक वित्तीय संस्थाहरुसँग मिलेर वित्तीय साक्षरता जागरणका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।

Advertisement

बैंक वित्तीय संस्थाका सेवा र सुविधा तथा डिजिटल बैंकिङ्गलगायतका वित्तीय तथा जनचेतनामूलक प्लेकार्डहरुसहित आयोजित कार्यक्रममा संस्थाको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
 

Advertisement

Advertisement