अमेरिकी सेना फर्किएपछि लयमा फर्किन थालेको अफगानिस्तानले कच्चा तेल निकाल्न थाल्यो

Advertisement

काठमाडौं । अफगानिस्तानको कामचलाउ सरकारको खानी तथा पेट्रोलियम मन्त्रालयले देशले उत्तरी सारी पुल प्रान्तमा दैनिक १३ सय टन कच्चा तेल निकाल्ने घोषणा गरेको छ । 

यस प्रान्तको कश्कारी, आंगुट र आक दर्या तेल बेसिनको बाहिरी भागमा रहेका २१ वटा इनारबाट कच्चा तेल निकाल्ने प्रक्रिया जारी छ । उल्लेखित क्षेत्रमा थप २५ वटा इनार छिट्टै खन्ने र मर्मत गरिने मन्त्रालयका प्रवक्ता हमायुन अफगानले बताए । 

Advertisement

कच्चा तेलको प्रशोधन गर्ने क्रममा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ३ हजार जनालाई रोजगारीको अवसर प्रदान गरिएको छ । ग्यास स्रोतको विकास गर्ने लक्ष्य राखेको मन्त्रालयका अनुसार उत्तरी जज्जान प्रान्तमा ग्यास उत्खननका लागि विदेशी कम्पनीसँग सम्झौता भएको छ । 

अगस्ट २०२१ मा सत्ता ग्रहण गरेदेखि अफगान कार्यवाहक सरकारले देशभरका खानी, तेल र ग्यास निकाल्न स्वदेशी र विदेशी कम्पनीहरूसँग सम्झौताहरूको एक श्रृंखलामा हस्ताक्षर गरेको छ । अमेरिका नेतृत्वको नेटा सेना फर्किएपछि अफगानिस्तान लयमा फर्किन थालेको छ । 
सिन्ह्वा–नान

Advertisement

Advertisement