नेपालबाट पुनः उडान शुरु गर्ने एयर एसियाको तयारी, बक्यौता तिर्न सुरु

Advertisement

काठमाडौं । एयर एसियाले नेपाल नागरिक उड्डयन प्राधिकरणमा तिर्न बाँकी रहेको बक्यौता तिर्न सुरु गरेको  छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार एयर एसियाले बाँकी रहेको बक्यौता तिर्न सुरु गरेको  हो । आज पनि एयर एसियाले एक करोड १५ लाख तिरेको छ, यसअघि पनि गएको महिना फेब्रुअरी २८ तारिखका दिन एक करोड १५ लाख तिरेको उनले जानकारी दिए ।

Advertisement

एयर एसियाले क्यानलाई तिर्नुपर्ने २४ करोड रुपियाँ बक्यौता थियो । एयर एसियाले २४ करोडको बैंक ग्यारेन्टी राखेको छ । 

उक्त तिर्नुपर्ने रकम हरेक महिनाको २८ तारिखमा एक करोड १५ लाखको दरले किस्ता तिर्दै जाने उनले बताए । साथै एयर एसियाले बाँकी रहेको बक्यौता नियमित रुपमा तिर्न थालेको र पुनः उडान सुरु गर्ने संभावना रहेको  प्रवक्ता निरौलाले उल्लेख गरे । 

Advertisement

Advertisement