आजको मौसम : कोशी, गण्डकी र कर्णालीमा चट्याङसहित वर्षाको सम्भावना

Advertisement

काठमाडौं । पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहँदा अहिले लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । त्यस्तै, बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

Advertisement

कोशी, गण्डकी र कर्णाली प्रदेशलगायतका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । 

साथसाथै, गण्डकी र  कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

Advertisement

Advertisement