काठमाडौं स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्टमा रितिका भट्ट विजेता घोषित

Advertisement

काठमाडौं । काठमाडौं स्पाइकर्सले गत शनिबार दसरथ रंगशालाको कभर्ड हलमा आयोजित ट्यालेन्ट हन्ट इभेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त इभेन्टको उद्देश्य स्थानीय प्रतिभाशाली खेलाडीहरूलाई स्पाइकर्सको टिममा सहभागिता गराई अवसर प्रदान गर्नु रह्रेको थियो ।

ट्यालेन्ट हन्ट इभेन्ट नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठ, सचिव गणेश सिंह ठगुन्ना, संघका सदस्य अन्जु श्रेष्ठ, काठमाण्डौ महानगरपालिका वडा २६ का वडा अध्यक्ष ख्याम राज तिवारी र मुख्य भलिबल प्रशिक्षक जगदिश प्रसाद भट्टको सक्रिय नेतृत्वमा इभेन्ट सम्पन्न भएको हो । इभेन्टमा काठमाण्डौका महिला खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो । 

Advertisement

ट्यालेन्ट हन्ट इभेन्टबाट ६.१ फिटकी रितिका भट्ट उत्कृष्ट खेलाडी र बिजेताको रूपमा छनोट भएकी  छिन् । उनी अब काठमाण्डौ स्पाइकर्स टोलीमा समावेश हुँदै वात्सल्य एभिएल महिला भलिबल लिगमा टिमको प्रतिनिधित्व गर्नेछिन् । 

काठमाडौं स्पाइकर्सका प्रतिनिधिहरूले ट्यालेन्ट हन्ट कार्यक्रममा सहभागी भएका सम्पूर्ण खेलाडीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । यस इभेन्टबाट नेपालमा महिला खेलकुदलाई थप उचाइमा पुर्याउन योगदान गर्ने विश्वास काठमाण्डौ स्पाइकर्सले व्यक्त गरेको छन् ।

काठमाडौं स्पाइकर्सकी सीओओ सुदिक्षा अधिकारीले भनिन्, ‘’आजको ट्यालेन्ट हन्ट इभेन्टले नेपाली भलिबलमा महिला खेलाडीहरूको सशक्तिकरणतर्फ महत्वपूर्ण कदम चालेको छ । स्थानीय प्रतिभाको पहिचान र प्रवर्धन नै भविष्यको बलियो आधार हो भन्ने हाम्रो विश्वास रहेको छ । सहभागीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् र हामी आगामी दिनमा पनि यस्ता अवसरहरू प्रदान गर्न प्रतिबद्ध रहेका छौं ।’

काठमाडौं स्पाइकर्सले भलिबल खेलप्रति युवा पुस्ताको रुचि बढाउन र भविष्यका उत्कृष्ट खेलाडीहरूलाई पहिचान गर्नका लागि यस्ता आगामी सिजनमाहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
 

Advertisement

Advertisement