माल्दिभ्स सरकारको निर्देशनपछि भारतीय सेना मालदिभ्सबाट फिर्ता गयो, नेपालबाट कहिले ?

Advertisement

काठमाडौं । दक्षिण एशियाको एक मुलुक माल्दिभ्समा रहेका भारतीय सैनिकहरु फिर्ता भएका छन् । मालदिभ्स सरकारको निर्देशनपछि आफ्ना सेना फिर्ता लान भारत बाध्य भएको हो । अन्तर्राष्ट्रिय चासो बढेसँगै भारतले यसअघि नै धेरै सेना फिर्ता गरेकोमा अहिले बाँकी रहेकाहरुलाई फिर्ता लगेको हो । 

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएपछि उनले भारतीय सैनिकलाई फिर्ता हुन निर्देशन दिएका थिए । भारतीय सैनिकलाई स्वदेश फिर्ता हुन दिइएको अन्तिम समयसीमा सकिनुभन्दा एक दिन अगाडि मालदिभ्सका विदेशमन्त्री मुसा जमिर बिहीबार कुटनीतिक वार्ताका लागि भारत भ्रमणमा आएका थिए । 

Advertisement

हिजै भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी मालदिभ्सबाट भारतीय सैनिक फिर्ता भएको जानकारी गराएको हो । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ती सैनिकहरुको स्थानमा गैरसैनिकको प्राविधिक टोली खटाइसकिएको छ ।

मालदिभ्सका तीन विमानस्थलमा झण्डै सात दर्जन भारतीय सैनिक तैनाथ थिए । ‘इण्डिया आउट’ चुनावी नारा दिएर सत्तामा आएका मुइज्जुले भारतीय सैनिकहरुलाई फिर्ता हुन १० मार्चदेखि १० मेसम्मको समयसीमा दिएका थिए ।

नेपालको कालापानी क्षेत्रमा पनि लामो समयदेखि भारतीय सेना रहे पनि उनीहरुलाई फिर्ता गर्न नेपालको सरकारले सकेको छैन् । 

Advertisement

Advertisement