प्रभु इन्स्योरेन्सको नाफा २३७ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

Advertisement

काठमाडौं। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्रभु इन्स्योरेन्सको नाफा २३७.१७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा ११ करोड ६१ लाख १ हजा रुपियाँ नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा ३९ करोड १४ लाख ६५ हजार रुपियाँ नाफा कमाएको छ । 


त्यस्तै, कम्पनीको खुद बीमा शुल्क २१.५३ प्रतिशतले बढेर ४६ करोड ४३ लाख ७० हजार रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो बीमा शुल्क ३८ करोड २० लाख ८७ हजार रुपियाँ रहेको थियो ।

Advertisement

चालू आवको ९ महिनासम्ममा कम्पनीको बीमा कोषको आकार १ अर्ब ८७ करोड २६ लाख ४४ हजार रुपियाँको रहेको छ । यो गत आवको सोही अवधिको तुलनामा १७.०६ प्रतिशतले बढी हो । गत आवमा कम्पनीको बीमा कोषमा १ अर्ब ५९ करोड ९६ लाख ८३ हजार रुपियाँ थियो ।

समीक्षा अवधिमा कम्पनीले कुल बीमा शुल्कबापत १ अर्ब ११ करोड ९६ लाख ६ हजार रुपियाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा यस्तो बीमा शुल्क ९८ करोड ७१ लाख ८५ हजार रुपियाँ थियो । 

चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपियाँ र जगेडा कोष १० करोड ३४ लाख ५० हजार रुपियाँ, महाविपत्ती कोष  अर्ब २४ करोड ६१ लाख रुपियाँ कायम भएको छ । 

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३७.९३ रुपियाँ र प्रतिशेयर नेटवर्थ २२४. ६७ रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

Advertisement

Advertisement