आजकाे माैसम : यी चार प्रदेशमा चट्याङ्ग र हावाहुरीसहित भारी वर्षाको सम्भावना

Advertisement

काठमाडौं । अहिले गण्डकी, लूम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । 

गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका केही स्थानहरूमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको भनाइ छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Advertisement

Advertisement