आज काठमाडौंका कुन-कुन क्षेत्रमा जाँदैछ बिजुली ?

Advertisement

काठमाडौं । आज (आइतबार) काठमाडौंका विभिन्न स्थानमा चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । 

कीर्तिपुर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

Advertisement

विद्युत् आपूर्ति अवरुद्ध हुने क्षेत्रमा रोपवे र बल्मबु फिडरअन्तर्गत मैत्रीनगर र टेगलाफाँट क्षेत्रमा चार घण्टा बिजुली हुनेछैन । 

त्यसैगरी भोलि सोमबार भने कीर्तिपुर फिडरअन्तर्गत कीर्तिपुर विश्विद्यालय क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । 

विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म जानेछ । 

Advertisement

Advertisement