काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिएको राजिनामा स्वीस्कृत गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारीगरी डा. नेपालले दिएको राजिनामा राष्ट्रपतिले स्वीस्कृत गरेको जानकारी दिएकी छिन् ।
“राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ”, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
केही दिन पहिले नेपालको नयाँ नक्सा रु. ५ को नोटमा राख्ने निर्णयका बिरुद्धमा सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएपछि आर्थिकविज्ञ नेपालको चर्को आलोचना भएको थियो ।