प्रभु शाहका नेता कार्यकर्ताले घेरे भन्सार विभाग, केही घाइते, दजनौं पक्राउ

Advertisement

काठमाडौं । प्रभु शाह नेतृत्वको आम जनता पार्टीका नेता कार्यकताले पुनः भन्सार विभाग घेरेका छन् । उक्त पार्टीनिकट आम सम्पर्क मञ्चको आयोजनामा विभिन्न माग गर्दै सोमबार त्रिपुरेश्वरस्थित विभागमा घेराउ र धर्ना दिइएको हो । 

विभाग घेराउ र धर्नाका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भयो । झडपमा परी सो पार्टीका केन्द्रीय सदस्य चन्दादेवी साह र चन्द्रिका साह गम्भीर घाइते भएका छन् । त्यस्तै, दर्जनौ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

Advertisement

आजपाले विगत लामो समयदेखि भन्सारमा भएको लुटकारी प्रावधान खारेजी हुनुपर्ने भन्दै आन्दोलन गर्दै आएको छ ।

Advertisement

Advertisement