कर्जा प्रवाहमा रोक, मागको कमी र अन्तर्राष्ट्रिय असरले अर्थतन्त्र शिथिल : उपसभापति वाग्ले
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले कर्जा प्रवाहमा रोक, मागको कमी र अन्तर्राष्ट्रिय असरका कारण मुलुकको अर्थतन्त्रमा शिथिलता आएको बताएका छन् । 

सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै डा.वाग्लले यस्तो बताएका हुन् ।

Advertisement

उनले राष्ट्र बैंकले कर्जा प्रवाहमा लगाएको सीमा, बजारको मागमा आएको कमी तथा अन्तर्राष्ट्रिय असरका कारण अर्थतन्त्र शिथिल भएको उल्लेख गरे । 

बजारमा मागको कमी आउँदा करिब १० लाख नेपाली युवाहरु विदेश पलायन भएको उनको भनाइ थियो । 

‘मुलुकको अर्थतन्त्रमा मुख्य तीन कारण असहजता आएको हो । राष्ट्र बैंकले कर्जा प्रवाहमा गरेको रोक हो । जुन त्यो समयमा आवश्यक पनि थियो । कुन गतिमा गर्नुपर्छ भन्ने विवादको विषय भयो । समग्रमा नीति ठिक थियो । दोस्रो बजारमा मागमा कमी आएको छ । जसमा करिब १० लाख नेपाली युवाहरु विदेश पलायन भएका छन् । त्यसले मागमा असर परेको छ । अनौपचारिक तथ्याङ्क हेर्दा पनि  ल्यापटपको बिक्री,कस्मेटिक्सको बिक्री समेत कम भइरहेको छ । राष्ट्रिय तथ्याङ्कमा यस्ता कुरा आउँदैनन् । माइक्रो स्तरमा हे¥यो भने पनि युवा पलायनसँग मागमा आएको ग्यापसँग जोडिएको छ,’ उनले भने ।

अहिले सहकारी र लघुवित्तको समस्या राजनीतिक प्रतिशोध साँधी कुनै व्यक्तिलाई खुइल्याउने काम भइरहेको उनको भनाइ छ ।

‘म पहिलादेखि समाधानमा केन्द्रित भएको छु,’ उपसभापति डा. वाग्लेले भने, ‘विदेशी मुद्रा सञ्चिति १४.४ अर्ब डलर देखिएको छ । मुलुकमा सार्वजनिक वित्तको चाप छ । राजश्व १४ सय २२ अर्ब उठाउने भनेको अहिले ८२० अर्ब मात्रै भएको छ । १ हजार नाग्यो भने पनि खुसी हुनुपर्ने अवस्था छ । आन्तरिक ऋणमा जीडिपीको ५ प्रतिशतको सीमा भनिरहेका छौं । आगामी बजेट २२ खर्बको ल्याउँछु भन्नुहुन्छ प्रधानमन्त्री । तर, त्यो हिसाब मिलिराखेको छैन । अब टेडिसनल फेर्मवर्क बजेट भन्दा बाहिरका फाइनान्सहरु स्रोतहरुमा जानुपर्छ । हामीले पार्क गर्न मिल्ने डलर मौज्दात,३ खर्ब जतिको पुँजीगत खर्च गर्ने गरेका छौं । डोजरे विकास रिटर्न शुन्य भएका  आयोजनाहरु ३ खर्ब खन्याए भयो । मुलुकलाई उचाल्ने ठाँउमा लगानी गरेका छैनौं । थोरै थोरै लगानी गरेका छौं । वार्षिक रुपमा हेर्दा अब ६० वर्ष लाग्छ ठूला आयोजनाहरु बन्न । सर्वेयल्थ फण्डका विषयमा राष्ट्र बैंकले अध्ययन गर्नुपर्छ ।’

त्यस्तै, डा. वाग्लेले डोजरे विकासबाट प्रतिफल शून्य भएका आयोजनाहरुमा लगानी गर्न नहुने धारणा राखे । 

Advertisement

Advertisement