काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) का कम्पनीसचिव देवेन्द्र कोइरालाले पदबाट राजीनामा दिएका छन् ।
कोइरालाको राजीनामा सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा स्थापनादेखि कार्यरत कोइराला सलिकोबाट बिदा भएका छन् ।
कम्पनीले नयाँ कम्पनीसचिवका रुपमा बरिष्मा साउद आचार्यलाई नियुक्त गरेको छ ।
नवनियुक्त बरिष्मा नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) हुन् ।