आजको मौसम : सबैजसो प्रदेशमा हल्कादेखि मध्यम वर्षा, तराई भू-भागमा तातो लहर चल्ने

Advertisement

काठमाडौं ।​ अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानका साथै बाँकी पहाडी भू-भागमा एक-दुई स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने विभागले जनाएको छ ।

राति भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । 

मधेश, लुम्बिनी, कोशी, बागमती र गण्डकी कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने विभागको पूर्वानुमान छ ।

विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो लहरको सम्भावना यथावत् रहेको जनाउँदै सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

Advertisement

Advertisement