नागरिकता किर्ते कसूरमा कैलाश सिरोहियालाई पक्राउ पुर्जी काटेकोमा कांग्रेसको आपत्ति

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा प्रतिनिधि सभा सांसद गीता बस्नेतसँगै लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताएका हुन् । 

ठगीको अभियोगमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी हुने तर सोही अभियोग लागेका लामिछाने मुलुकको गृहमन्त्री हुने बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै पाण्डेले लामिछानेले देशका विभिन्न ठाउँका सहकारीबाट एवं अर्बभन्दा बढी रकम गोर्खा मिडियाको नाममा लिएर अपचलन गरेको दोहोर्याए । लामिछानेको नाम किटान गरेर संसदीय छानविन समिति नबनेसम्म आफूहरुले संसद बैठक चल्न नदिने उनले अडान पनि राखे । 

Advertisement

पाण्डेले भने, ‘बचतकर्ताको वचत फिर्ताको सुनिश्चितता नभएसम्म हाम्रो लडाईले विश्राम पाउने छैन। म आग्रह गर्न चाहन्छु । संसदीय छानविन समिति गठनको सैद्धान्तिक सहमतिपछि पनि टीओआर निर्माणमा कुरा नमिलेको हामी सबैले थाहा पाएका छौं । पछिल्लो दिनमा समाचारहरु अझ प्रकट ढंगले, प्रमाणित ढंगले आइरहेका छन् । स्वर्ण लक्ष्मी काठमाडौं, सुप्रिम बुटवल, साहारा चितवन, सूयर्दशन पोखरा, सूर्यदर्शन पोखरा समेतका चार वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कले करिव एक अर्बको ऋण लिएको छ । त्यो ऋण तीनै सहकारीबाट लिइएको हो र गोर्खा मिडियाले त्यो ऋण पाएको हो । त्यो बेलामा त्यसको प्रवन्ध निर्देशक माननीय गृहमन्त्री रवि लामिछाने हुनुहुन्छ । यसको पुष्टि र प्रमाणित हुने अनेक आधारहरु छन् ।’ 

उनले थपे, ‘यस्तै खालको अभियोग भोगिरहेका सबै सदनका माननीय गिता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको हामीले सुनेका छौं । एउटै सदनका दुई जना माननीय सदस्य एउटै अभियोग एक जनालाई पक्राउ पूँर्जी जारी भएर फरारको सूचिमा रहनुपर्ने र अर्को एक जना गृहमन्त्री हुनुपर्ने यो कस्तो बिडम्बना हो, र यो कस्तो न्याय हो ? हामीले यति मात्रै भनिरहेका छौं । यस विषयमा हाम्रो दावी यो हो भने गृहमन्त्रीको दावी छ–म यसमा संलग्न छैन । त्यसो हो भने संसदीय छानविन समिति बनाउ । दावी अनुसार उहाँ संलग्न भएको होइन भने उहाँले उन्मुक्ति पाउनुहोस, सफाई पाउनुहोस । दावी अनुसार उहाँ संलग्न भएको हो भने माननीय गीता बस्नेतलाई जस्तै उहाँलाई पनि पक्राउ पूर्जी जारी होस् । हाम्रो यति मात्रै आग्रह हो । हामीालाई थाहा छ यस क्रममा गृहमन्त्रीले बोल्ने काम गर्नुभयो ।’

पाण्डेले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाबिरुद्ध नागरिकता किर्ते कसूरमा पक्राउ पुर्जी जारी भएको भन्दै कानूनको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्ने भए पनि आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भएको खण्डमा नेपाली काँग्रेसले नसहने बताए । 

Advertisement

Advertisement