नेपालका लोकप्रिय क्रिकेटर संदीपलाई विश्वकप खेल्न जान अमेरिकाले भिसा दिएन्

Advertisement

काठमाडौं । अमेरिकी दूतावासले नेपालका लोकप्रिय क्रिकेटर संदीप लामिछानेलाई विश्वकप खेल्न जान भिसा दिन अस्वीकार गरेको छ । 

संदीप स्वयमले भिसा नपाएको कुरा सामाजिक सञ्जालमा लेख्दै त्यसप्रति दुःख मनाउ गरेका छन् । बलात्कार आरोपमा उच्च अदालत पाटनबाट सफाई पाएपछि पछिल्ला दिनमा कही अभियान्ता, अधिकारवादी र एनजीओ–आईएनजीओको सक्रियता बढेर गएको थियो । उनीहरुले अदालतको फैसलाको विरोध जनाउँदै प्रदर्शन समेत गरेका थिए । 

Advertisement

अदालतबाट सफाई पाएसँगै विश्वकप खेल्न पाउने भएको खुशीमा धेरै उनका शुभचिन्तक र खेलप्रेमीमा आशा र उत्साह पलाएको थियो । तर अमेरिकी दूतावासको निर्णयले धेरैलाई निराश बनाउने भएको छ । 

And the @USEmbassyNepal did it again what they did back in 2019, they denied my Visa for the T-20 World Cup happening in USA and West Indies. Unfortunate. I am sorry to all the well wishers of Nepal Cricket. @USAmbNepal @CricketNep. https://t.co/xdBhaY6G91

— Sandeep Lamichhane (@Sandeep25) May 22, 2024

Advertisement

Advertisement