गृहमन्त्रीविरुद्ध काँग्रेसले शुक्रवार राजधानी केन्द्रीत बिरोध प्रदर्शन गर्ने

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शुक्रवार काठमाडौं केन्द्रीत बिरोध प्रदर्शन गर्ने भएको छ । बुधवार सो पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको हो । 

विशेषगरी कान्तिपुरका सञ्चालक कैलाश सिरोहियालाई नागरिकता किर्ते आरोपमा पक्राउ गरेपछि रुष्ट भएको कांग्रेसले सो मुद्दालाई भने बाहिर आन्दोलनको मुद्दा नबनाएर सहकारी ठगीलाई बनाएको छ ।  

Advertisement

राजधानी केन्द्रीत संघर्ष गर्ने र सहकारीको विषयमा पीडित केन्द्रीत आन्दोलन गर्ने निर्णय भएको बताउँदै कांग्रेसका नैनसिंह महरले पार्टीलाई स्थानीय स्तरसम्म लैजान विभिन्न कार्यक्रमहरु गर्ने निर्णय भएको बताए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि काँग्रेसको नेतृत्व गर्नेहरुबाट पार्टीलाई ठिक ठाउँमा पुर्याउन नसकेको जिकिर गरे । 

महरले भने, ‘शुक्रवार काँग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रीत संघर्ष गर्ने र सहकारीको विषयमा जुन जुन जिल्लामा सहकारी पीडितहरु बढी छन्, त्यो जिल्लामा इन्क्वायरी गर्ने र त्योअनुसार संघर्षको कार्यक्रम गर्ने । पार्टीलाई तल्लो स्तरसम्म लैजान राम्रोसँग काम गर्ने र केही कार्यक्रम बनाउने । नेपाली काँग्रेसको जसले जसले नेतृत्व गरेको छ, तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरे यता यो नेतृत्वले काँग्रेसलाई ठिक ठाउँमा पुर्याउन सकेको छैन । जुन स्पिडमा काँग्रेसले आशातित हुन सकेन ।’

Advertisement

Advertisement