काठमाडौँ-तराई द्रुतमार्ग सडक आयोजनाअन्तर्गत  धेद्रे सुरुङमार्गको ‘ब्रेक थ्रु’
तराई मधेश द्रुतमार्ग अन्तर्गत लेनडाँडा सुरुङ

Advertisement

काठमाडौँ । तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत धेद्रे सुरुङमार्ग छिचोलिएको छ । 

मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग शुक्रबार छिचोलिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Advertisement

कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधानसेनापति महारथी प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा, रथीवृन्दलगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैरसैनिक व्यक्तिको उपस्थिति थियो । धेद्रे सुरुङमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको छ । 

यसैगरी, यही जेठ ४ गते लेनडाँडा सुरुङमार्ग जोडेर काठमाडौँबाट निजगढतर्फको एक हजार ६ सय ३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो । 

सोही अवसरमा रक्षामन्त्री उप्रेतीले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्गलगायत द्रुतमार्गका निर्माणाधीन संरचनाको अवलोकन गरेको निर्देशनालयले जनाएको छ । 

Advertisement

Advertisement