आजदेखि एक हप्तासम्म काठमाडौंका यी स्थानमा बिजुली कटौती हुँदै

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि करिब एक हप्तासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गरिने जनाएको छ । 

Advertisement

विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म (चार घण्टा) जानेछ । 

आज साँखु फिडरअन्तर्गत साँखु बजारमा र चौमती फिडरअन्तर्गत छाउनी आर्मी अस्पताल क्षेत्रमा ११ बजेदेखि ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । 

त्यसैगरी, सोमबार (१४ गते) केएमसी र पुरानो एयरपोर्ट फिडरअन्तर्गत सुविधानगर, सिनामंगल र भिमसेनगोला क्षेत्रमा बिजुली हुनेछैन । 

साथै, १६ गते कालीमाटी फिडरअन्तर्गत सोल्टी मोडदेखि कलंकी क्षेत्र, १७ गते रोपवे फिडरअन्तर्गतको मैत्रीनगर र टेगलाफाँट क्षेत्र तथा १८ गते मूलपानी फिडरअन्तर्ग पर्ने फिकल चोकदेखि बाबा चोकसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।

साथै, मौसम प्रतिकूल रहेमा विद्युत् आपूर्ति नियमित हुने पनि प्राधिकरणको भनाइ छ । 

undefined

Advertisement

Advertisement