प्रतिकूल मौसमले हवाई उडान–अवतरण प्रभावित

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको वर्षाले मौसम प्रतिकूल बनेको छ । सोसँगै आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलीटी कम भएका कारण चीनबाट आएको एयर चाइनाको जहाज उतै डाइभर्ट गरिएको छ । 

Advertisement

अहिले स्काईअप एयरलाइन्स, विमान बंगलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज नेपाली आकासमा होल्ड भइरहेका छन् । 

मौसमका कारण आन्तरिक उडानका जहाज पनि होल्ड गरिएको विमानस्थले जनाएको छ ।

Advertisement

Advertisement