बालबालिका खेल्ने स्थानमा भएको आगलागीमा परी २७ जनाको मृत्यु भएको पुष्टि

Advertisement

अहमदाबाद, गुजरात । राजकोटको बालबालिका खेल्ने स्थान (गेम जोन) मा शनिबार साँझ ४ः३० बजे भएको भीषण आगलागीमा परी बालबालिकासहित २७ जनाको मृत्यु भएको गुजरातका गृहमन्त्री हर्ष सङ्घवीले पुष्टि गरेका छन् । 

मन्त्री सङ्घवीले आगलागीस्थलको आइतबार बिहानै निरीक्षण गरेका हुन् ।  

Advertisement

आगलागीमा पछि अझै एक जना सम्पर्कमा नआएको र उक्त व्यक्तिको खोजी भइरहेको उनले बताए । 

शनिबार राति राजकोटका प्रहरी आयुक्त राजु भार्गवले दिएको जानकारीमा कम्तीमा २० जनाको मृत्यु भएको र केही सम्पर्कमा नआएको उल्लेख गरिएको थियो । 

भार्गवले भने, “राजकोटको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । उनीहरूको मृत शरीर परीक्षणका लागि अस्पताल पठाइएको छ ।” 

 ‘‘गेमिङ जोन’ युवराज सिंह सोलङ्की नाम गरेका व्यक्तिको स्वामित्वमा छ । लापरबाही र मृत्युका लागि उनीविरूद्ध हामी अपराधसम्बन्धी मुद्दा दर्ता गर्नेछौं । उद्धार कार्य पूरा गरेपछि थप अनुसन्धान अघि बढाइनेछ–भार्गवले भने । 

Advertisement