आजको मौसम : यी प्रदेशमा हुनेछ चट्याङसहित हल्कादेखि मध्यम वर्षा

Advertisement

काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भू-भागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ । सोही चक्रवातका कारण अहिले कोशी प्रदेशमा साधारणतया बदली रही देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ ।

कोशी, मधेश र बागमती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

विभागले कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।

त्यसैगरी राति कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेश प्रदेशलगायतका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

साथै, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने विभागको पूर्वानुमान छ । 

Advertisement

Advertisement