आधारभूत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा बढी

Advertisement

काठमाडौं । नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ । 

आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले उक्त तथ्य औंल्याएको हो । 

Advertisement

शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१ देखि ५) मा महिला शिक्षकको संख्या ५४.१ प्रतिशत पुगेको छ । 

शैक्षिक सत्र ०७९ मा यो संख्या ४७.२ प्रतिशत थियो । 

एक वर्षको अवधिमा महिला शिक्षकको संख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ । यद्यपि माध्यामिक तह (कक्षा ९ देखि १२) मा भने महिला शिक्षकको संख्या कम छ । सो तहमा १९ प्रतिशत मात्र महिला शिक्षक रहेको तथ्यांकले देखाएको छ ।

Advertisement

Advertisement