राष्ट्रपति पौडेल स्विजरल्याण्ड र जर्मनी भ्रमणमा जाने

Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्विजरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेलको जर्मनी र स्विजरल्याण्ड भ्रमण स्वीकृत गरेको हो । 

जेठ ३१ गते स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र सोपश्चात जर्मनीको भ्रमण कार्यक्रम रहेको हुनाले भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । 

Advertisement

सरकारले न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर, भद्रकाली पोखरेललाई बढुवा गरी क्रमशः नायव महान्यायाधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गरेको छ ।

मन्त्रिपरिषदले वन दोस्रो संशोधन नियमावली, २०२१ स्वीकृत गर्नुका साथै  तिलगंगा आँखा विश्वविद्यालय सम्बधमा व्यवस्था गर्न बनेको विधेयक संसद समक्ष पेश गर्न स्वीकृति दिएको छ । 

Advertisement

Advertisement