आजको मौसम : यी प्रदेशमा हुनेछ हल्कादेखि मध्यम वर्षा, गण्डकी र लुम्बिनीमा हावाहुरी

Advertisement

काठमाडौं । अहिले कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

Advertisement

विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनेछ । 

विभागले राति कोशी, मधेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ । 

कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थान तथा  बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ । 

नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादे सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।

Advertisement

Advertisement