संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

Advertisement

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ । 

त्यस्तै, सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित र २०७० सालमा समानुपातिक निर्वाचन प्रणालीमार्फत संविधान सभा सदस्यमा निर्वाचित सदस्य, पूर्वश्रम तथा रोजगार र स्थानीय विकासमन्त्री तथा लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भुमिका निर्वाह गरेका सूर्यमान गुरुङको ८२ वर्षको उमेरमा मिति २०८१ साल वैशाख २५ गते मंगलवार उपचारको क्रममा असामयिक निधन भएकोमा निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्ने कार्यसूची रहेको छ । 

Advertisement

त्यसैगरी, नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सदस्य तथा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएका शैयद मेहराज अहमद शाहको ८५ वर्षको उमेरमा मिति २०८१ साल वैशाख २५ गते मंगलवार उपचारको क्रममा असामयिक निधन भएकोमा निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्ने, वि.सं. २०५८ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएका साथै नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गरेका खगेन्द्रराज रेग्मीको ७५ वर्षको उमेरमा मिति २०८१ साल जेठ १ गते मंगलवार असामयिक निधन भएकोमा निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफल हुनेछ । 

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने, अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका पूर्वसदस्य खगेन्द्रराज रेग्मी, संविधान सभा सदस्य सूर्यमान गुरुङ र प्रतिनिधिसभाका पूर्वसदस्य शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रस्ताव प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

Advertisement

Advertisement