जो घरबाटै पैदल हिडेर ५७ दिनमा सर्वोच्च शिखर पुगे

Advertisement

काठमाडौं । ट्रेकिङ गाइड तथा आरोही राजेश लामा घरबाटै पैदल हिडेर ५७ दिनमा सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । उनी चैत १९ गते काठमाडौंस्थित आफ्नो घरबाट पैदल हिड्न शुरु गरे र वैशाख ८ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भए । 

आज काठमाडौंमा द नर्थ फेस नेपालले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै लामाले सानेपास्थित घरबाटै पैदल यात्रा शुरु गरी सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको बताए ।  

Advertisement

उनले थपे, ‘आफूले कुल ५७ दिन पैदल यात्रामा ४३२.६ किलोमिटर पार गरी चुचुरोमा सफलतापूर्वक आरोहण गरेकोमा निकै खुःसी छु । म पर्यटन क्षेत्रमा लामो समयदेखि छु । त्यसैले पनि नेपालको धेरै ठाउँहरु घुमिसकेकोले नेपाल एक्दम सुन्दर छ भन्न चाहान्छु ।’ उनले रेन्जो ला (५,३६० मि), चो ला (५,४२० मि) पास गरी र लोबुचे पिकको सफल आरोहण गरिसकेका छन् । 

द नर्थ फेस नेपालका प्रबन्ध निर्देशक पेमा शान्ति शेर्पाले लामाको यस साहसिक कार्यबाट आफूहरुलाई खुशी लागेको बताइन् । 

नेपाल पर्वतारोहण संघका प्रमुख सल्लाहकार तथा एसियन ट्रेक्स कम्पनीका अध्यक्ष आङ छिरिङ शेर्पा हामी सबैले आरोहीहरुलाई प्रोत्साहन गर्नु पर्ने बताए ।  

अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङ्जुम शेर्पाले लामाले आफनो घरबाट पैदल ५७ दिनमा सगरमाथाको चुचुरोमा पुग्न सफल भएको खुशी लागको बताउँदै नयाँ आरोहीहरुलाई प्रोत्साहन मिलेको बताए । 

Advertisement

Advertisement