आजको मौसम : सातै प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

Advertisement

काठमाडौं । अहिले कोशी, मधेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । 

कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा साथै मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार दिउँसो कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, बागमती  र गण्डकी प्रदेशका केही स्थान, मधेश,लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

त्यस्तै, कोशी, मधेश,कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हावाहुरी चल्नेछ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ । 

त्यसैगरी राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुने विभागको पूर्वानुमान छ ।

नेपालमा स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । 

Advertisement

Advertisement