विश्वकपकाे पहिलो खेलमै नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

Advertisement

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत  पहिलो खेलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाल मंगलबार नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ७ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेटायो । अन्तिम ३ ओभरमा नेदरल्यान्ड्सलाई जितका लागि १९ रनको आवश्यकता थियो । सोमपाल कामीको १८औ ओभरमा नेदरल्यान्ड्सले ६ सिंगलसहित ६ रन बनाएको थियो । सो ओभरमा म्याक्स ओ’डाउडको क्याच कप्तान रोहित पौडेलले छोडेका थिए । 

Advertisement

रन रोक्न सफल रहे पनि विकेट निकाल्न नसक्दा नेपाल जितविहिन रह्यो । 

नेपालका लागि सोमपाल, दिपेन्द्र सिंह ऐरी र अविनाशले समान १ विकेट लिए । 

त्यसअघि अमेरिकाको डालास सहर स्थित ग्राण्ड प्रेरी मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा १ सय ६ रनको सामान्य योगफलमा समेटियो ।

नेपालले अब समूहमा आफ्नो दोस्रो खेल जुन ११ मा श्रीलंकाविरुद्ध खेल्नेछ । सो खेल फ्लोरिडामा हुनेछ । त्यसपछि दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्न नेपाल वेस्ट इन्डिज प्रस्थान गर्नेछ ।  

Advertisement

Advertisement