निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण

Advertisement

काठमाडौं । निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फाबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनी चीन तर्फबाट सगरमाथाको चुचुरोमा १० दिनमा पुग्ने विश्वमै पहिलो महिला बन सफल भएकी छन् । 

उनले यही वसन्त ऋतृको मे २४ तारिखका दिन बिहान १०ः०५ बजे सगरमाथाको सफल आरोहण गरेको क्लाइम्बलया टे«क एण्ड एक्स्पिडशन कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए । 

Advertisement

सोलुखुम्बुको नाम्चे–५ साम्देमा जन्मेका उनले २०१९ देखि ट्रेकिङ क्षेत्रमा काम गर्दै आएकी शेर्पाले यसअघि लोबुचे पिक, आइल्याण्ड पिक र रामदुङ पिकको सफल आरोहण गरिसकेकी छन् । 

१० दिनमै सगरमाथाको चुचुरोमा पुग्छु, रेकर्ड राख्छु भन्ने केही त्यस्तो योजना नरहेको र सगरमाथाको चुचुरोमा १० दिनमा पाइला टेकेर ११ औं दिनमा सगरमाथा आधार शिविरमा आइपुगेको शेर्पाले बताइन् । 

undefined

Advertisement

Advertisement