महालक्ष्मी विकास बैंकद्वारा हरित पर्यावरणीय योजनालाई निरन्तरता

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्न वार्षिकोत्सव महिनाको रुपमा रहेको जेठ महिना तथा ३०औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ । 

सोही योजना अनुरुप बैंकले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याईसकेको छ र हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यका साथ कार्यालयमा प्रयोग हुने सवारीहरुमा क्रमशः विद्युतीय गाडीहरुको प्रयोग बढाउँदै जाने जनाएको छ । यस्ता कार्यक्रमहरुले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवद्र्घन तथा दिगो विकासमा टेवा पुर्याउने विश्वास बैंकले लिएको छ । 

Advertisement

बैंकले ३०औं वार्षिकोत्सवको अवसर पारेर जेठ २२ गते मंगलबारदेखि २५ गते बिहिबार (तीन दिन) सम्म ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२४’ (श्रृङखला ३) ललितपुरको इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना गरिरहेको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका छन् ।  

बैंकको देशभर १०३ शाखा कार्यालय र ७ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । 

Advertisement

Advertisement