प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा  एक बजेका लागि बोलाइएको छ । 

Advertisement

प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल अनुमोदनका लागि प्रस्ताव गर्नेछन् । 

त्यसैगरी, सोही बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

त्यस्तै, बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ । 

यद्यपि, राष्ट्रिय सभाको बैठकको कार्यसूची भने सचिवालयले सार्वजनिक गरेको छैन । 

Advertisement

Advertisement