हुरीले पोल ढालेपछि वीरगन्जमा बिजुली आपूर्ति अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

Advertisement

वीरगन्ज ।  बुधबार रातिको हुरीले बिजुलीका पोल ढाल्दा पर्साको वीरगन्ज र आसपास क्षेत्रमा नौ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ ।

गर्मीको यो याममा बिजुली नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

Advertisement

बिहीबार बिहान १ बजेतिरको हुरीले ढालेका पोल उठाउन युद्धस्तरमा काम भइरहेको बताउँदै नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले आज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने जानकारी दिए ।

वीरगन्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् । अहिले यहाँ वर्षा भइरहेको छ । 

Advertisement

Advertisement