सहकारी छानबिन समितिको बैठक बस्दै, कार्यविधिमा छलफल हुने
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा कार्यविधिलगायत विभिन्न विषयमा छलफल हुनेछ ।

Advertisement

सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो ।

समितिलाई  तीन महिनाभित्र प्रतिवेदन बुझाउन सीमा तोकिएको छ । 

Advertisement

Advertisement