मोदीको सपथ ग्रहणमा भाग लिन प्रम दाहाल छोरी गंगासहित नयाँ दिल्ली प्रस्थान

Advertisement

काडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । आईतवार मध्यान्ह उनी छोरी गंगासहितको टोली लिएर भारत भ्रमणमा निस्किएका हुन् 

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको निम्तोमा भारत गएको जनाइएको छ । उनलाई बिदाई गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, मन्त्रीद्वय रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ लगायत उच्चपदस्थ व्यक्तिहरु त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थिए । 

Advertisement

भ्रमणका क्रममा दाहाल मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी बन्ने छन् । शपथग्रहण आजै साझ छ । दाहालसँग छोरीबाहेक कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, सरकारी कर्मचारीहरु सहभागी छन् । 

Advertisement

Advertisement