सिभिल निर्माण र हाइड्रोलिक संरचनाहरूको मर्मतसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । भेनस कन्स्ट्रक्सन एण्ड वाटरप्रुफिङ प्रालिले हालैराजधानी स्थित होटल याक एण्ड यतीमा सिभिल निर्माण र हाइड्रोलिक संरचनाहरूको मर्मतका लागि अभिनव समाधानहरू’ Innovative Solutions for the Civil Construction and the Repair of Hydraulic Structures  शीर्षकको प्रस्तुतीकरण कार्यक्रमको आयोजना गरेको छ । 

कार्यक्रममा निर्माण तथा हाइड्रोलिक क्षेत्रका ४०० जना भन्दा बढी विज्ञहरू, लगानीकर्ताहरू, इन्जिनियरहरू, अनुसन्धानकर्ताहरू र सरोकारवालाहरूको सहभागिता रहेको थियो । 

Advertisement

कार्यक्रमको उद्घाटन नेपाल सरकारका पूर्व चिव किशोर थापा र मापेइ इन्डियाका प्रबन्ध निर्देशक सञ्जय भल्लाले संयुक्त रूपमा गरेका हुन् ।  कम्पनीका प्रबन्ध निर्देशक शम्भुप्रसाद अमगाईको स्वागत मन्तव्य सहित कार्यक्रम  सुरु भएको थियो । 

undefined

उक्त अवसरमा कम्पनीका प्रबन्ध निर्देशक अमगाईले भेनसले निर्माण कार्यमा पुर्याइरहेको योगदानबारे चर्चा गर्दै गुणास्तरलाइ उच्च प्राथमिकता दिंदै नेपालको हरेक भौतिक संरचना सुनिश्चित गर्ने कार्यमाप्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी मापेइ इन्डियाका प्रबन्ध निर्देशक श्री भल्लाले मापेई र यसका प्रमुख उत्पादन लाइनहरूको बारेमा छोटो परिचय दिए । त्यससपछि, मापेइ इन्डियाका पूर्वाधार तथा निर्यात प्रबन्धक सम्भव चावलाले सिभिल निर्माणमा नवीनतम समाधान विषयमा प्रस्तुति दिए । त्यस्तै, मापेई इन्डियाका उत्पादन प्रबन्धक अमित कोटियालले हाइड्रोलिक संरचनाहरूको मर्मतका लागि नवीनतम समाधानहरू विषायमा आफ्नो प्रस्तुती दिए । 

यसका साथै उक्त कार्यत्रममा सहभागीहरूले छलफल तथा विचार विमर्श गर्ने अवसर पाएका थिए । कार्यक्रममा निर्माण र मर्मत सम्बन्धी नवीनतम प्रविधिहरूको प्रत्यक्ष प्रदर्शन पनि देखाइएको थियो, जसले सहभागीहरूलाई उनीहरूको प्रयोग र प्रभावकारितामा व्यावहारिक ज्ञान प्रदान गर्‍यो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वसचिव थापाले हाइड्रोलिक संरचनाको निर्माण र मर्मतसम्भारमा यस कार्यक्रममा गरिएको प्रस्तुतीकरणको सान्दर्भिकता माथि प्रकाश पारे । नेपालमा जलविद्युत, सिँचाइ, खानेपानी र सडक आयोजनामा ​​बढेको लगानीलाई ध्यानमा राख्दै भावी पुस्ताले स्वच्छ वातावरणमा बाँच्नका लागि दिगो र वातावरणमैत्री उत्पादन र प्रविधिमा जोड दिनुपर्ने बताए । 

undefinedundefinedundefinedundefined

Advertisement