मेलम्ची खानेपानीको भर पर्दैनौं, सिस्नेरीबाट १३ हजार लिटर पानी ल्याउन पहल गर्छौंः महर्जन

Advertisement

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले खानेपानीको एउटै स्रोतमा निर्भर रह्यो भने जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्दा पानी खान नपाउने अवस्था आउन सक्ने भएकाले मेलम्चीको विकल्प खोज्ने बताएका छन् । 

नानसँगको कुराकानीमा उनले त्यसको लागि मकवानपुरको सिस्नेरी खोलाबाट दिनको १३ हजार लिटर पानी ल्याउनसक्ने अध्ययनले देखाएको सिस्नेरी खोलाको पानी ल्याउन सरकारसँग पहल गर्ने बताए । 

Advertisement

महर्जनले ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने बताउँदै महानगरको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, सम्पदा र वातावरणलाई राखेको बताए । शिक्षामा नयाँ कार्यक्रमहरु समावेश गरिएको उनले बताए । महर्जनले स्वास्थ्यमा आमूल परिवर्तन गर्नेगरी काम गरिने बताए । 

ललितपुर महानगरभित्रका सम्पदामा कसैले आँच नपुग्नेगरी काम गर्न पाइने नीति लिएको बताउँदै उनले वातावरणको क्षेत्रमा पनि कायपलट हुनेगरी काम गर्नेगरी नीति ल्याएको बताए । महर्जनले ललितपुर महानगर क्षेत्रलाई हरियाली र पानीजन्य बगैँचाहरुको विकास गर्ने नीति लिएको बताए । 

उनले महानगरपालिकाभित्र सडक सञ्चाललाई थप व्यवस्थित बनाउने पक्की पुल र अपाङ्गमैत्री पुलहरु बनाउने बताउँदै चार लेन भएका सडकमा पुल पनि चार लेनको बनाउने नीति लिएको बताए । महर्जनले भने, ‘स्वास्थ्यमा आमूल परिवर्तन गर्ने गरी काम गरिरहेका छौं । सम्पदामा कसैले आच पुग्ने गरी काम गर्न पाइदैन । वातावरणको क्षेत्रमा पनि कायपल्ट हुनेगरी काम गर्ने गरी नीति ल्याएका छौं । ललितपुर महानगर क्षेत्रलाई हरियाली र पानीजन्य बगौंचाहरुको विकास गर्ने नीति लिएका छौं ।’

महानगरले सुन्दर ललितपुर नगरीः घरघरमा नगर प्रहरी’ परिचालन गरी नगरवासीको गुनासो व्यवस्थापन गर्ने भन्दै उनले नीति तथा कार्यक्रममा २१ वटा सुविधा सहितको ‘एलएमसी अलर्ट एप्स’ सञ्चालनका गर्ने बताए । 

Advertisement

Advertisement