रिलायन्स स्पिनिङ मिल्सको आइपीओ स्वीकृत, प्रतिकित्ता कति ?

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बुक बिल्डिङ प्रक्रियामा रहेको रिलायन्स स्पिनिङ मिल्सको आइपीओ स्वीकृत गरेको छ । 

सेबोनका अनुसार सर्वसाधारणको लागि छुट्याएको ६० प्रतिशत हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता शेयर बोर्डले स्वीकृत गरेको हो ।

Advertisement

आठ सय २० रुपियाँ ८० पैसा प्रति कित्ताका दरले हुन आउने ९४ करोड ८८ लाख रुपियाँ ११ हजार ९६८ रुपियाँ बराबरको शेयर स्वीकृत भएको छ । योसँगै लगानीकर्ताले प्रति कित्ता मूल्य ८ सय २० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्ने छ ।

रिलायन्सले यसअघि नै संस्थागत लगानीकर्तालाई शेयर बाडँफाँट गरिसकेको छ। गत माघमा निष्काशन गरिएको शेयरको कट अफ प्राइस ९ सय १२ रुपियाँ आएको थियो । 


 

Advertisement

Advertisement