वाणिज्य बैंकहरुले ११ महिनामा थपे जम्मा साढे चार खर्ब निक्षेप, कुन कुन बैंकको घट्यो ?

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को ११ महिनामा वाणिज्य बैंकहरुमा चार अर्ब ५२ करोड ४३ निक्षेप थप्पिएको छ । नेपाल बैंकर्स संघबाट प्राप्त जेठ मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुमा निक्षेप ५४ खर्ब ६८ करोड ११ अर्ब रुपियाँ पुगेको छ ।

गत आर्थिक बर्ष २०७९–८० को असार मसान्तसम्म वाणिज्य बैंकहरुमा ५० खर्ब ८५ अर्ब ९५ करोड रुपियाँ निक्षेप थियो । गएको जेठ महिनामा मात्रै बाणिज्य बैंकहरुमा ७० अर्ब २७ करोड रुपियाँ निक्षेप थप्पिएको छ । हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । 

Advertisement

समीक्षा अवधीमा राष्ट्रिय वाणिज्य बैंकले सबै भन्दा धेरै निक्षेप बढाएको छ । तथ्यांकअनुसार ११ महिनामा उक्त बैंकमा ८१ अर्ब ६५ करोड रुपियाँ निक्षेप थपिएको छ । २०८० असारसम्म उक्त बैंकमा तीन खर्ब २२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप थियो । जेठ मसान्तसम्म आउँदा त्यो चार खर्ब चार अर्ब ६३ करोड रुपियाँ पुगेको छ ।

यस्तै, दोस्रो स्थानमा ग्लोबल आईएमई बैंक रहेको छ । समीक्षा अवधीमा उक्त बैंकले आफ्नो निक्षेप ५४ अर्ब ६३ करोड रुपियाँले बढाएर चार खर्ब ९३ अर्ब ९८ करोड रुपियाँ पुर्याएको छ । ग्लोबल आईएमई बैंकसँग भएको निक्षेप अन्य बैंकको तुलनामा सबै भन्दा बढी हो ।

निक्षेप बढाउने मामिलामा नविल बैंक भने तेस्रो स्थानमा छ । समीक्षा अवधीमा उक्त बैंकले ५२ अर्ब ८९ करोड रुपियाँ निक्षेप बढाएको छ । गत असारसम्म नविल बैंकमा चार खर्ब दुई अर्ब ६४ करोड रुपियाँ निक्षेप थियो । अहिले त्यो चार खर्ब ५५ अर्ब ५३ करोड रुपियाँ पुगेको छ । 

यसरी बैंकिङ प्रणालीमा उच्च प्रणालीमा उच्च दरमा निक्षेप बढ्दा तीन बैंकमा भने निक्षेप घटेको छ । प्रभु, माछापुच्छ्रे र स्ट्याण्डर्ड चार्टर्ड बैंकमा निक्षेप घटेको छ । गत असारसम्म दुई खर्ब ९५ अर्ब ९४ करोड रुपियाँ रहेको प्रभु बैंकको निक्षेप ११ अर्ब ८५ करोड रुपियाँले घटेर दुई खर्ब ८४ अर्ब ९ करोड रुपियाँ सिमित भएको छ । 

यस्तै, माछापुच्छ्रे बैंकको निक्षेप आठ अर्ब ६० करोड रुपियाँले घटेको छ । गत आवको अन्तिमसम्म उक्त बैंकमा एक खर्ब ५८ अर्ब २८ करोड रुपियाँ निक्षेप थियो । जेठ मसान्तसम्म आउँदा त्यो एक खर्ब ४९ अर्ब ६८ करोड रुपियाँमा खुम्चिएको छ । 

यसैगरि, स्ट्याण्डर्ड चार्टर्ड बैंकको निक्षेप सात अर्ब ४१ करोड रुपियाँले घटेको छ । २०८० असारसम्म उक्त बैंकमा एक खर्ब २२ अर्ब ४९ करोड रुपियाँ निक्षेप थियो । जेठ मसान्तसम्म आउँदा त्यो एक खर्ब १५ करोड ८ अर्ब रुपियाँमा सिमित भएको छ ।

undefined
 

Advertisement

Advertisement