सञ्चय कोषद्वारा चालू आवको सावाँ/ब्याज बुझाउन ऋणीलाई आग्रह, छुटसमेत पाइने

Advertisement

काठमाडौं । कर्मचारी सञ्चय कोषले धितोमा कर्जा लिएका सञ्चयकर्ता ऋणीलाई चालू आर्थिक वर्ष २०८०/०८१ मा कोषलाई भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज बुझाउन आग्रह गरेको छ । 

कोषले सूचना जारी कोषका विभिन्न शाखा कार्यालयबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल चक्र कर्जा सापटी र जग्गा खरिद सापटी लिएका सञ्चयकर्ताले चालू आर्थिक वर्ष २०८०/०८१ मा कोषलाई भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज यही असारभित्र बुझाउन आग्रह गरेको हो । 

Advertisement

साथै, नियमित त्रैमासिक ब्याज भुक्तानी गर्ने ऋणी सञ्चयकर्तालाई ब्याज छुटको समेत व्यवस्था रहेको कोषले जनाएको छ । 

सापटीको सावाँ र ब्याजको किस्ता नियमित नतिरेमा कानुनबमोजिम असुली गरिने चेतावनीसमेत कोषले दिएको छ । 

 

 

Advertisement

Advertisement