शेयर बजारमा झिनो सुधार, ४ अर्ब १८ करोडको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज पनि झिनो अंकले उकालो चढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.६० अंकले बढेको हो । ०.२७ प्रतिशतले बजार बढ्दा नेप्से २०७१.७७ अंकमा पुगेको हो । 

Advertisement

आज ३१९ कम्पनीका ९४ लाख ३५ हजार ४ सय ५४ कित्ता शेयर किनबेच हूँदा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८ सय ३३.८९ रुपियाँ बराबरको कारोबार भएको छ । 

undefined

ग्लोबल आईएमई बैंकको ऋणपत्र र मकर जितुमाया हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी क्रमशः १० र ९.९७ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै साधना लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज आरएसडीसी लघुवित्तको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १४ करोड ८२ लाख ९० हजार ६ सय १६.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार शेयर बजार ५.३७ प्रतिशतले घट्दा ४ अर्ब ३७ करोड, ४५ लाख ९७ हजार ४ सय ५८.६५ रुपियाँ र हिजो सोमबार बजार ३.२१ अंकले बढ्दा ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार १ सय १६.१५ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement