भारतीय अभिनेत्री जयप्रभा काठमाडौंमा, ‘नेपाल मेरा लागि दोस्रो घर हो’

Advertisement

काठमाडौं । बलिउड अभिनेत्री जयप्रभा नहताले नेपाल आफ्नो लागि दोस्रो घर रहेको बताएकी छन् । 

बिहीवार राजधानीमा भएको नेपाल–भारत कल्चरल फेस्टिबल कार्यक्रमका उनले नेपाल पशुपतिनाथको कृपाले महान रहेको बताइन् । नेपाल आएर आफ्नो देशका बारेमा केही कुरा राख्न पाउँदा गर्वको महशुस भएको जयप्रभाको भनाई छ । 

Advertisement

उनले नेपाल—भारत सम्बन्ध आगामी दिनमा झनै बिस्तार गर्दै लैजानुपर्ने बताइन् । उनले भनिन्, ‘यस धर्ती महान छ । बाबा पशुपतिनाथको आशिर्वादका कारण यो धर्ती महान छ । यस धर्तीलाई म प्रणाम गर्दछु । आज मलाई नेपाल आएर आफ्नो देशको तर्फबाट धारणा राख्दा यो महत्वपूर्ण भएको छ  मेरो लागि । एक दिनमा मात्रै हामी यति ठूलो नाम बनाउन सक्दैनौँ । यो वर्षौंको मेहनतबाट बनेको नाम हो । यसमा हाम्रो परिवारको पनि त्यत्तिकै साथ छ । मलाई नेपाल आउँदा लाग्छ, यो मेरो लागि दोस्रो घर हो ।’

उनले आफू तीन पटक सांसद बनेको भएपनि अहिले पनि चलचित्र क्षेत्रबाट टाढा नगएको बताइन् । 

Advertisement

Advertisement