नागरिक लगानी कोष र हिमालय उर्जा कम्पनीको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । विभिन्न दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

यसैक्रममा नागरिक लगानी कोषले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १८७३.६८ कायम गरिएको छ । यसअघि रु. २१३६ थियो । 

Advertisement

त्यसैगरी हिमालय उर्जा विकास कम्पनीले शेयरधनीहरुलाई १०० प्रतिशत हकप्रद दिने भएपछि प्रतिशेयर मूल्य रु. १८४.५० कायम गरिएको छ । यसअघि रु. २६९ थियो । 

दुबै कम्पनीको समायोजन गरिएको मूल्यबाट भोलि बिहीबारदेखि नै शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement