उमङ्ग क्रिएशनले यसवर्ष पनि ‘मिस ग्राण्ड नेपाल’ प्रतियोगिता गर्दै

Advertisement

काठमाडौं । उमङ्ग क्रिएशन प्राइभेट लिमिटेडले यो वर्ष पनि सौन्दर्य प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । सन् २०२० देखि उक्त संस्थाले सौन्दर्य प्रतियोगिता गर्दै आएको छ । 

आज काठमाडौंमा आयोजित पत्रकार सम्मलनमा उमंग क्रिएसनका प्रवन्ध निर्देशक उद्धव अधिकारीले ‘मिस ग्राण्ड इन्टरनेसनल–२०२४’ को बारे जानकारी दिएका हुन् । प्रतियोगिताको विजेतालाई ‘मिस ग्राण्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गराउँदै विदेश पठाउने बताए । साथै यो वर्ष पनि ‘ब्रेभ, बोल्ड, ब्यूटिफूल’को नारासहित नयाँ कार्यक्रम ‘मिस ग्राण्ड नेपाल–२०२४’ ल्याएको उनले बताए । 

Advertisement

‘मिस ग्राण्ड नेपाल–२०२४’ को ग्राण्ड फिनाले आगामी २७ अगष्ट २०२४ (भदौ ११ गते) का दिन आयोजना गरिने छ । त्यसअघि साउन २३ गते ‘मिस ग्राण्ड नेपाल–२०२४’ को क्राउन अनभिलिङ गरिने उनले जानकारी दिए । यो प्रतियोगिताका विजेताले नेपालको सबैभन्दा महँगो ताज पहिरिने बताउँदै अधिकारीले भने, ‘प्रतियोगितामा सहभागिता जनाउनको लागि १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाहरुले आवेदन दिन सक्ने छन् । 

आवेदकहरुको उचाइ कम्तिमा पाँच फिट तीन इन्च हुनु पर्नेछ । यो प्रतियोगितामा सहभागिता जनाउनका लागि यही असार ३१ गते भित्र आवेदन फाराम भरिसक्नु पर्नेछ । यो अवधिमा फाराम भर्ने प्रत्येक सहभागिले आयोजक संस्थाले निर्धारण गरेका सम्पूर्ण नियम तथा शर्तहरु अनिवार्य रुपमा पालना गर्नु पर्नेछ ।

उमङ्ग क्रिएशनले विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ‘मिस ग्राण्ड इन्टरनेशनलको फ्रेन्चाइज सन् २०२३ देखि लिएको थियो । यो प्रतियोगिताका विजेताले मिस ग्राण्ड इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने मौका प्राप्त गर्नेछन् ।

यो प्रतियोगितामा सहभागिता जनाउनका उमंग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम गर्न सकिने छ । प्रशान्त ताम्राकार मिस ग्राण्ड नेपाल २०२४ को आधिकारिक कोरियोग्राफरको रुपमा रहेका छन् । 
 

Advertisement

Advertisement