सानिमा जिआईसीको हकप्रद निष्काशनका लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Advertisement

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृतसबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

Advertisement

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ५०,००,००० कित्ता हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । 
 

Advertisement

Advertisement