सैदी पावर कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

Advertisement

काठमाडौं । सैदी पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । 

यसैक्रममा प्रतिशेयर १०० रूपियाँ अंकित दरको १,७०,०४९ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको हो ।

Advertisement

उक्त सम्झौता-पत्रमा सैदी पावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सैदी पावरले कास्की जिल्लामा अवस्थित सैती खोलाको पानी सदुपयोग गरी ९९९ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना निर्माण गरी २०७९ सालबाट व्यवसायिक विद्युत उत्पादन गरी आयोजना सञ्चालनमा रहेको छ । 

यस आयोजनाबाट उत्पादित विद्युत शक्ति हेम्जा बास्कोट सवस्टेशनमा जडान गरि बिक्री कार्य भईरहेको छ । आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको जनाएको छ ।


 

Advertisement

Advertisement