हिमालयन ऊर्जाको हकप्रदमा आवेदन दिन आजसम्म शेयरधनी बनिसक्नुपर्ने

Advertisement

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले जारी गर्न लागेको शतप्रतिशत हकप्रद  शेयर बिक्री प्रयोजनार्थ असार २० गते (बिहीबार) बुकक्लोज गर्दैछ । 

तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

Advertisement

कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । 

कम्पनीको हकप्रद निष्कासनका बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपियाँ रहेको छ । हकप्रद निष्काशनपछि  एक अर्ब ९८ करोड रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement