वैदेशिक रोजगारी क्षेत्रमा बार्षिक दुई खर्ब गैरबैकिङ कारोबार भइरहेको तथ्यांक छः श्रममन्त्री

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतीमा वैदेशिक रोजगारी पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन् । 

सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बार्षिक साधारण सभामा उनले भिजिट भिसा र व्यक्तिगत भिसामा हुने ठगी रोक्नका लागि सबैलाई आग्रह गरेका हुन् । 

Advertisement

मन्त्री अर्यालले यस्तो कार्यमा म्यानपावर व्यवसायीको नै संलग्नता भएको बिषयमा मन्त्रालय जानकारी रहेको बताउँदै अर्यालले भने, ‘हामीलाई थाहा छ व्यवसायी नै यस्तो खालको ठगीमा संलग्न छन् । त्यसैले एक पटक म सबैलाई यस्तो गतिविधि रोक्न आग्रह गर्छु । मेरो नेतृत्वले निर्मम भएर यसमा काम गर्न नपरोस ।’

भिजिट भिसा र व्यक्तिगत भिसाको नाममा नेपालीद्धारा नै नेपाली ठगिएको मन्त्री उनले बताए । अर्यालले भने, ‘ठगिने पनि नेपाली ठग्ने पनि नेपाली । तपाईहरु आफनै छातिमा हात राखेर जिम्मेवार भएर सोचिदिनुस । कसैलाई पक्राउ गर्ने मेरो चाहना छैन । गल्ती गर्नेलाई कानुनले नै कारवाही गर्छ । म कसैको ढोका ढकढकाउनु जानु पर्देन ।’ 

मन्त्री अर्यालले वैदेशिक रोजगारीको क्षेत्रमा बार्षिक दुई खर्ब एक अर्ब ६० करोड रुपियाँ गैरबैकिङ च्यानलबाट संकलन भइ रहेको तथ्यांक प्राप्त भएको बताए । यसलाई औपचारिक माध्यममा ल्याउन मन्त्रालयले नीतिगत रुपमा गहिरो अध्ययन गरी रहेको उनले बताए । 

Advertisement

Advertisement