आन्दोलन गर्दै आएका संसदका कर्मचारीको भत्ताहरु बढ्यो

Advertisement

काठमाडौं । आन्दोलन गर्दै आएका संसद् सचिवायलका कर्मचारीहरुको भत्ता बढाउने सहमति भएको छ । आन्दोलनरत पक्ष र सराकरबीच सोमबार ७ बुँदे सहमति भएको हो । 

सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच वार्ता भएर सहमति भएको हो । 

Advertisement

सहमतिअनुसार संसद् सचिवालयका कर्मचारीले आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्चलगायतका सुविधा बढ्ने छ । कर्मचारीहरूलाई प्रदान गरिँदै आएको शैक्षिक भत्तामा मासिक तीन सय वृद्धि गर्ने, अतिरिक्त समयमा काम गरेवापत खाजा तथा खाना खर्च दैनिक एक सयले वृद्धि गर्ने साथै यो रकम मासिक रूपमा प्रदान गर्ने सहमति भएको छ ।

कर्मचारीहरुले अतिरिक्त समयमा काम गरेको भत्तालगायतका सुविधाहरु बढाउनेपर्ने माग राखी दबाबमूलक आन्दोलन गर्दै आएका थिए । यस्तो छ सहमतिपत्रः 

undefined

Advertisement

Advertisement